प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

सहकारी प्रशिक्षालय

५ नं. प्रदेश, नेपालगंज, बाँके

स्वागत छ सहकारी प्रशिक्षालयमा

सरकारी शिक्षा, सूचना तथा प्रशिक्षणसंग सम्बन्धित कृयाकलापहरुका माध्यमबाट प्रदश नं.५ को सहकारी क्षेत्रमा आबद्ध जनशक्तिको क्षमता अभिबृध्दि गर्ने तथा सहकारी क्षेत्रम केन्द्रीत रही अध्ययन, अनुसन्धान एवं विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुलभूत उदेश्यका साथ यस प्रशिक्षालयको स्थापना भएको हो | सहकारी संघ संस्थाका संञ्चालक एवं व्यवस्थापक र सहकारी क्षेत्रको नियमन, प्रवर्ध्दन र प्रशिक्षण कार्यमा संलग्न सहकारी निकायका कर्मचारीहरु समेतलाई प्रशिक्षण प्रदान गरी उनीहरुको ज्ञान, सिप र धारणामा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी सहित वि.सं.२०७५ मंसीर ७ गतेदेखि यस कार्यालयको विधिवत स्थापना भएको हो | बाँके जिल्लाको नेपालगञ्ाज उपमहानगरपालिका वडा नं.१८ कारकादौंिस्थत ०-११-२ (एघार कट्ठा दुई धुर ) क्षेत्रफलमा रहेको यस कार्यालयमा पुरुष तथा महिला छात्रवास, कार्यालय भवन, पुस्तकालय र तालिम हल समेत रहेका छन् | विविन्न स्वरुपमा सञ्ाचालन हुँदै आएको यस कार्यालय विगतमा संघीय मन्त्रालय अन्तर्गत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र हाल प्रदेश सरकार मातहतमा सहकारी प्रशिक्षालयको नामबाट सञ्ाचालन भएको छ| यस कार्यालयले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं.५, बुटवलबाट नेपाल सरकारबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसार धेरैजसो तालिमका कार्यक्रमहरु कार्यालयमा र केही कार्यक्रमहरु प्रदेशभित्र जिल्लाहरुमा सञ्ाचालन गर्दै आइरहेको छ| स्थापनाकालदेखि नै सान्दर्भिक विषयवस्तुमा केन्द्रीत रहेर प्रशिक्षण कार्यक्रमहरु सञ्ाचालन गर्दै आएको छ|

अरु पढ्नुहोस

कानूनी दस्तावेज

जानकारी

डाउनलोड

शिर्षक
सहकारी संस्था दर्ता

डाउनलोड