लुम्बिनी प्रदेश सरकार

गृह मन्त्रालय

सहकारी प्रशिक्षालय

नेपालगंज, बाँके


परिचय

सरकारी शिक्षा, सूचना तथा प्रशिक्षणसंग सम्बन्धित कृयाकलापहरुका माध्यमबाट लुम्विनी प्रदेशको सहकारी क्षेत्रमा आबद्ध जनशक्तिको क्षमता अभिबृध्दि गर्ने तथा सहकारी क्षेत्रमा केन्द्रीत रही अध्ययन, अनुसन्धान एवं विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुलभूत उदेश्यका साथ यस प्रशिक्षालयको स्थापना भएको हो | सहकारी संघ संस्थाका संञ्चालक एवं व्यवस्थापक र सहकारी क्षेत्रको नियमन, प्रवर्ध्दन र प्रशिक्षण कार्यमा संलग्न सरकारी निकायका कर्मचारीहरु समेतलाई प्रशिक्षण प्रदान गरी उनीहरुको ज्ञान, सिप र धारणामा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी सहित वि.सं.२०७५ मंसीर ७ गतेदेखि यस कार्यालयको विधिवत स्थापना भएको हो | बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१८ कारकादो स्थित ०-११-२ (एघार कट्ठा दुई धुर ) क्षेत्रफलमा रहेको यस कार्यालयमा पुरुष तथा महिला छात्रवास, कार्यालय भवन, पुस्तकालय र तालिम हल समेत रहेका छन् | विविन्न स्वरुपमा सञ्चालन हुँदै आएको यस कार्यालय विगतमा संघीय मन्त्रालय अन्तर्गत सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय र हाल प्रदेश सरकार मातहतमा सहकारी प्रशिक्षालयको नामबाट सञ्चालन भएको छ| यस कार्यालयले अर्थ तथा सहकारी मन्त्रालय, लुम्विनी  प्रदेशबाट स्वीकृत वार्षिक विकास कार्यक्रम अनुसार धेरै जसो तालिमका कार्यक्रमहरु कार्यालयमा र केही कार्यक्रमहरु प्रदेशभित्रका जिल्लाहरुमा सञ्चालन गर्दै आइरहेको छ| स्थापनाकालदेखि नै सान्दर्भिक विषयवस्तुमा केन्द्रीत रहेर प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ|

उदेश्य
  • १. सम्भाव्यता तथा भौगोलिक विषेशताका आधारमा कृषि उत्पादन‚उत्पादकत्व वृद्धि गर्ने ।
  • २. निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुलक‚ दिगो एवं व्यवसायिक प्रणालीमा रुपान्तरण गर्ने।
  • ३. कृषिमा आधारित उद्योग विकास गरी रोजगारी एवं आयस्तर वृद्धि गर्ने।
  • ४. कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने ।
  • ५. Adaptive research संचालन गरी प्रविधि विस्तार‚ verification गर्ने।
  • ६. कृषि उपजहरुको बजार व्यवस्था एवं कृषिजन्य लघुउद्यमहरुलाई बढावा दिई गैर फार्म रोजगारी वृद्धि गर्ने।
  • ७. कृषि विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम राख्ने।
  • योजना
  • १. स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
  • २. कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको विकास एवं विस्तार गर्ने ।
  • ३. कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
  • ४. कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच तादम्यता राख्ने।
  • ५. भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
  • ६. सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
  • ७. पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने ।
  • ८. कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
  • ९. स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन तथा उपयोगमा बढावा दिने।
  • १०. खेतीयोग्य जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै बाझो जग्गा सदुपयोगका लागी योजना‚ कार्यक्रम कार्यान्वयनमा जोड दिने।
  • ११. कृषिउपज उत्पादन‚प्रशोधन‚ भण्डारण एवं वितरण प्रणालीमा प्रविधि विकास‚ अनुसरण‚ अवलम्बन‚ उत्पादन र भण्डारणका क्रममा हुने हानी नोक्सानी न्युनीकरण प्रविधि अवलम्वनमा जोड दिने।
  • © 2020 Copyright : सहकारी प्रशिक्षालय, नेपालगंज, बाँके
    Last Updated: 2021/03/31
    Developed By: Ninja Infosys Pvt. Ltd.